दफा ३क
स्थानीय योजनाको तर्जुमा र स्वीकृति

३क.१ नगर योजना स्वीकृत भई नसकेका क्षेत्रहरूमा स्थानीय तहले सम्बन्धित जग्गा धनी वा मोहीहरूलाई समावेश गरी स्थानीय योजना तर्जुमा गर्न सक्नेछ ।
३क.२ उपदफा ३क.१ बमोजिम स्थानीय योजनाको तर्जुमा गरिसकेपछि स्थानीय तहले समिति गठन भएको ठाउँमा समितिको, समिति गठन नभएको ठाउँमा नगर विकास जिल्ला समन्वय समितिको र सो समिति पनि गठन नभएको ठाउँमा नगर विकास केन्द्रीय समन्वय समितिबाट त्यस्तो योजना स्वीकृत गराउनु पर्नेछ ।
३क.३ उपदफा ३क.२ बमोजिम स्थानीय योजना स्वीकृत भइसकेपछि स्थानीय तहले त्यस्तो योजनाको विस्तृत विवरण समेतको सूचना सर्वसाधारणको जानकारीको लागि नेपाल ………… बाट प्रकाशित हुने कुनै दुई प्रमुख पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ ।